काठमाडौं , ९ भदौ । मन्त्री बन्ने विषयमा आन्तरीक गुटहरुको विवाद र असहमतिका कारण सरकार बनेको एक महिना सम्म पनि मन्त्रीहरु पठाउन नसकेको काग्रेसले आन्तरीक सहमति जुटाएको छ ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक मन्त्रालय काग्रेसलाई थप दिने भने पछि काग्रेस भित्रको विवाद मिलेको हो ।
प्रधानमन्त्री निर्वाचनमा सहयोग गरेका मध्ये साना दलका लागि छुट्याईएको एउटा मन्त्रालय कांग्रेसलाई थप्दै १४ र्पुयाउन प्रधानमन्त्री दाहाल सकारात्मक भएपछि कांग्रेसको विवाद तत्कालका लागि टुंगिएको हो ।
थपिएको मन्त्रालय वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई दिने सहमती भएपछि सो पक्षले पनि आज मन्त्रीको नाम टुङग्याएर सभापतिलाई बुझउर्दै छ । त्यसका लागी पौडेल पक्षीय नेताहरु छलफलमा जुटेका छन् । तर आज ४ जनाको नाम मात्रै दिने र अर्को एक जनाको नाम भने पछि उपलब्ध गराउने तयारी छ ।
खुमबहादुर खड्काका तर्फबाट भने कोहि पनि सरकारमा सहभागी नहुने भएके छ । आफुले सिफारिस गरेको शंकर भण्डारीलाई मन्त्री बनाउन सभापति देउवा अनिच्छुक भएपछि खड्काले आफ्नो तर्फबाट मन्त्रीपरिषदमा सहभागी नहुने जनाउनु भएके छ ।
कृष्णप्रसाद सिटौलाका तर्फबाट गगन थापाले शहरी विकास मन्त्रालय सम्हाल्ने भएक छन् । सभापतिले बालकृष्ण खाड रक्षा ,परराष्ट्रमा प्रकाससरण महत , शिक्षामा अर्जुन नरसिंह केसी र पर्यटनमा जीवनबहादुर शाहीको नाम पठाउने निश्चीत भएको छ ।
पौडेल पक्षलाई ५ मन्त्रालय दिने सहमती गर्नुभएको सभापति देउवाले आज सो पक्षबाट मन्त्रीको नाम आजै आए आज साझ सम्ममा प्रधानमन्त्रीलाई आफ्नो तर्फबाट मन्त्री बन्नेको नाम पठाउने तयारी छ ।
काग्रेसले मन्त्री बन्नेको नामावली प्रधानमन्त्रीलाई बुझाएपनि उनीहरुको सपथ ग्रहण भने भोली मात्रै गरिनेछ । आज सार्वजनिक बिदा परेको र अपरान्हसम्ममा मन्त्रीहरुको टुंगो नलागेका कारण सपथ भने भोली बिहान ९ बजेपछि गर्ने शीतल निवास स्रोतले जनाएको छ ।