पूर्वप्रधानमन्त्री केपि ओली थाइल्यान्ड प्रस्तान 

पूर्वप्रधानमन्त्री केपि ओली थाइल्यान्ड प्रस्तान 

  • बिहिबार, भदौ ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाण्डौ ,९ भदौ ।
पूर्वप्रधानमन्त्री तथा नेकमा एमालेका अध्यक्ष केपी शर्मा ओली थाईल्याण्ड जानुभएको छ । नियमित स्वास्थ्य जाँचका लागि आज त्यसतर्फ जानुभएको हो ।

थाइल्यान्ड जानेक्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले संविधान संशोधनभन्दा पनि कार्यान्वयनमा एमालेको जोड रहने स्पस्ट पार्नुभएको छ ।
ओलीले औचित्य बिना संबिधान संशोधन गर्न नसकिने बताउनु भयो ।

उहाले संविधान संशोधनका लागि भइरहेका प्रयासबारे आफूहरु जानकार नरहेको भन्दै अहिलेको सरकारबाट जनताले कुनै आशा गर्ने ठाउँ नरहेको बताउनु भयो ।

अध्यक्ष ओली परीक्षणका क्रममा करिब दुइसाता बैंककमै रहनुहुने बताइएको छ । उहा थाई एयरवेजको विमानमार्फत श्रीमती राधिका शाक्य र भतिजा राजेश बज्राचार्यसहित त्यसतर्फ प्रस्तान गर्नुभएको छ ।

बैंककमा उपचारपछि अध्यक्ष ओली आफ्नो चार दिने भ्रमणको सिलसिलामा इन्डोनेसिया जानु हुने एमाले पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ