घाइते जनमुत्ति सेनाको उपचारमा सहयोग गर्ने प्रमको आश्वासन

घाइते जनमुत्ति सेनाको उपचारमा सहयोग गर्ने प्रमको आश्वासन

  • बिहिबार, भदौ ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं, ९ भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धका घाइते योद्धाहरुको निशूल्क उपचारको व्यवस्था मिलाउने आश्वासन दिनुभएको छ ।

पूर्व जनमुक्ति सेनाका घाइते, अपाङ्ग योद्धाहरुको टोलीसँग आज भएको भेटमा उहाले जनयुद्धका घाईतेहरु अहिलेपनि उपचार नपाएर समस्यामा परेकोले उनीहरुको उपचारका लागी सरकारले सक्दो सहयोग गर्ने जनाउनु भएके हो ।

साथै जीवन निर्वाह भत्ता वृद्धि गर्न पहल गर्ने तथा राष्ट्रिय परिचय पत्रको व्यवस्था गर्ने पनि प्रतिबद्धता जनाउनु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा घाइते, अपाङ्ग योद्धाका प्रतिनिधिहरुले आफ्ना समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

टोलीले युद्धका घाइतेहरुको अझै उचित उपचार हुन नसकेको, जीवन निर्वाह भत्ता अत्यन्तै न्यून भएको तथा राष्ट्रका लागि योगदान गरेको पहिचान सहितको परिचय पत्रको व्यवस्था नगरिएकोले त्यसको व्यावस्था गरिदिन माग गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ