नगरकोटमा जन्तिबस दुर्घटना हुँदा ४० घाईते

नगरकोटमा जन्तिबस दुर्घटना हुँदा ४० घाईते

  • बिहिबार, भदौ ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

नगरकोट ,९ भदौ ।

बिबाहको जन्ति बोकेको बस आज भत्तपुरको नगरकोटमा दुर्घटना हुदा ४० जना घाईते भएका छन् ।

जन्ति लिएर नगरकोटबाट काठमाण्डौ कोटेश्वर आउदै गरेको बा ४ ख १९०५ नम्बरको बस नगरकोट ७ तरेलीमा दुर्घटना भएको बताईएको छ ।

क्षमताभन्दा तीन गुणा यात्रु बोकेको बस ओभरलोड भएर पल्टिएको प्रहरीले जनाएको छ ।

बसमा सवार यात्रुको एकिन विवरण आईनसकेपनि स्थानीय यातायात ब्यावसायीले भने ७० भन्दा बढी यात्रु रहेको बताएका छन् ।

घाईतेहरुको भत्तपुर अस्पताल र मध्यपुर ठिमि अस्पतालमा उपचार भईरहेको छ । अस्पतालका अनुसार घाईते मध्ये चार जनाको अवस्था गम्भिर रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ