एमाले अध्यक्ष ओली आज बैंकक जाँदै

एमाले अध्यक्ष ओली आज बैंकक जाँदै

  • बिहिबार, भदौ ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौँ ९ भदौ ।
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज बैंकक जादै हुनुहुन्छ ।

आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्डको राजधानी बैंकक जान लाग्नु भएको अध्यक्ष ओली परीक्षणका क्रममा करिब १५ दिन बैंककमै रहनुहुने बताइएको छ ।

अध्यक्ष ओली आज अपराह्न १ बजे थाई एयरवेजको विमानमार्फत श्रीमती राधिका शाक्य र भतिजा राजेश बज्राचार्यसहित बैंकक जानुहुने उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

बैंककमा उपचारपछि अध्यक्ष ओली आफ्नो चार दिने भ्रमणको सिलसिलामा इन्डोनेसिया जानु हुने एमाले पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ