कांग्रेसले आज सरकारमा जाने मन्त्रीको नाम पठाउदै

कांग्रेसले आज सरकारमा जाने मन्त्रीको नाम पठाउदै

  • बिहिबार, भदौ ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमान्डौ भदौ ९ ।

प्रमुख सत्ता साझेदार दल नेपाली कॉग्रेसले आज आफ्नो पार्टीको तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने बाँकी मन्त्रीहरुको टुङगो लगाउने भएको छ ।

कंग्रेसले पटक पटक आफ्नो पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको नाम टुङगो लगाउने भनिए पनि भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको महाधिवेशन र आन्तरिक गृहकार्य नपुगेको भन्दै मन्त्रीको नाम टुङगो लगाउन सकेको थिएन ।

पार्टी सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको पनि चित्त बुझाएर आजै थप बाँकी मन्त्री हुनेहरुको नामावली टुङगो लगाउने तयारी गर्नु भएको छ ।

हिजो भएको छलफलमा नेता पौडेल पक्षले ४ मन्त्रालयमा सहमति जुटाउने संकेत देखाए पछि पौडेल पक्षलार्य ४ मन्त्रालय दिने सहमति भएको हो । यदी पौडेलले ५ मन्त्रालयाको अडान कायम गरे सभापति देउवाले आफ्नै ढङगले मन्त्रीहरुको नामावली टुङगो लगाउने जनाएको छ ।
नेता अर्जुनुनर सिंह केसीलाई शिक्षा , बालकृष्ण खाँडलाई रक्षा, प्रकाशसरण महतलाई परराष्ट दिने निश्चित भएको स्रोतले बताएको छ ।

कांग्रेसबाट कोषाध्यक्ष सीतादेवी यादव, जीवनबहादुर शाही, मीनबहादुर विश्वकर्मा, दीपक गिरीलाई पनि सरकारमा पठाउने तयारी भएको स्रोतले बताएको छ ।

कांग्रेसले मन्त्रीहरुको नामा प्रधानमन्त्री दाहाललाई बुझाए आजै मन्त्रीहरुको पद तथा गोपनियताको सपथ हुने प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।

यस्तै कांग्रेसले आज सरकारमा जाने मन्त्रीहरुको नाम पठाए सरकार गठन भएको महिनौ सम्म पनि पूर्णता पाउन नसकेको मन्त्रीमण्डले आज पूर्णता पाउने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ