शिक्षा क्षेत्रको सुधारका लागी पर्ने प्रमको भनाई

शिक्षा क्षेत्रको सुधारका लागी पर्ने प्रमको भनाई

  • बुधबार, भदौ ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ ,८ भदौ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षा क्षेत्रको सुधारका लागी सक्दो प्रयास गर्ने बताउनु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाल अभिभावक संघ र नेपाल राष्ट्रिय अभिभावक संघको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्रीले शैक्षिक क्षेत्रमा ब्यापक सुधारको आवश्यक्ता पनि औल्याउनु भयो ।

अघिभावक संघ र राष्ट्रिय अभिभावक संघका अध्यक्षद्धय सुप्रभात भण्डारी र धर्मदत्त देवकोटाले संयुत्त रुपमा शिक्षा क्षेत्रको सुधारका लागी भन्दै ११ बुँदे माग सहित ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापनपत्रमा शिक्षा मन्त्रालयका सचिव, शिक्षा विभागका महानिर्देशक र अनुदान आयोगका पदहरु खाली हुँदा दैनिक कार्यमा समेत असर परेकाले पदपूर्ति गर्नुपर्ने, उच्चस्तरीय शिक्षा आयोग गठन गर्नुपर्ने लगायतका माग छन् ।

प्रधानमन्त्रीसँगको भेटपछि बोल्दै नेपाल अभिभावक संघका अध्यक्ष भण्डारीले दाहालले मागप्रति आफू सकारात्मक भएको भन्दै शिक्षामा सक्दो सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ