काभ्रेको घटना छानविन गर्न समिति गठन गरिने

काभ्रेको घटना छानविन गर्न समिति गठन गरिने

  • बुधबार, भदौ ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौ ,८ भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तरजातिय बिबाह पश्चात काभे्रका एक युवाको मृत्यु भएको घटनाका बारेमा छानविन गर्न समिति बनाउन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री दाहालले अन्तरजातीय गृहसचिव नारायण गोपाल मलेगु र प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याललाई बोलाएर घटनाको निश्पक्ष छानविनका लागी समिति गठन गर्न निर्देशन दिनुभएको हो ।

संयुक्त राजनैतिक दलित संघर्ष समितिले आज सिंहदरवारमा अन्तरजातिय बिबाहकै कारण युवाको मृत्यु भएको भन्दै समिति बनाएर छानविन गर्न माग गरेपछि प्रधानमन्त्रीले मलेगु र अर्याललाई सो निर्देशन दिनुभएको हो ।

दलित अगुवाहरुले काभ्रेका युवा अजित मिजारको हत्या भएको भन्दै छानविन समिति बनाएर सत्य तथ्य पत्ता लगाउन आग्रह गरेका थिए । समितिको ज्ञापनपत्र बुझ्दै उहाले अजितको मृत्यु प्रकरण गम्भिर प्रकृतिको भएकोले यसबारे निश्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाउनु भयो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ