८ भदौ, काठमाडौं ।
काठमाडौंको शंखमुलस्थित प्रगतिनगरमा सोफा कारखानामा आज बिहान भएको आगलागीबाट करिब १५ लाख बराबरको क्षति भएको छ । एक जना घाईते भएका छन् ।
आगोमा जलेर सोफा कारखानाका मालिक मोहमद सहनवाज अलम सवाज आलम घाइते भएका हुन् । आगो निभाउने क्रममा उनको पाखुरा, अनुहार र शरीरका अन्य भाग जलेको छ ।
उनको अहिले सिभिल अस्पतालमा उपचार भईरहेको छ । आगो निभाउन पाँच वटा दमकल र एउटा पानी ट्यांकर प्रयोग गरिएको थियो ।
सोफा कारखानाको छेउँमा रहेको ग्रिल उद्योगबाट उठेको झिल्काले आगो सल्किएको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline