भदौ ८ काठमाण्डौं ।
प्रमुख सत्ता साझेदार दल नेपाली कॉग्रेसले आज आफ्नो पार्टीको तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने बाँकी मन्त्रीहरुको टुङगो लगाउने भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्री छनोटमा पार्टी भित्र कुनै विवाद नभएको बताउदै आज मन्त्रीको नाम सरकारमा पठाउने तयारी गर्नु भएको हो ।
कांग्रेसबाट मन्त्री बन्नेहरुमा सीतादेवी यादव, अर्जुननरसिंह केसी, शेखर कोइराला, डा. प्रकासशरण महत, बालकृष्ण खाँण, जीवनबहादुर शाही, मीनबहादुर विश्वकर्मा, शङ्कर भण्डारी, गगन थापा, फरमुल्लाह मन्सुर, दीपक गिरी, नविन्द्रराज जोशीलगायतको नाम बढी चर्चामा छ ।
त्यस्तै आन्तिरिक तयारीका लागि भन्दै कांग्रेसले राज्यमन्त्रीको नाम समेत तयारी गरेको जनाइएको छ ।
यद्यपी कंग्रेसले पटक पटक आफ्नो पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको नाम टुङगो लगाउने भनिए पनि भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको महाधिवेशन र आन्तरिक गृहकार्य नपुगेको भन्दै मन्त्रीको नाम टुङगो लगाउन सकेको थिएन ।
कांग्रेसले मन्त्रीहरुको नाम आज टुङगो लगाई पठाएको मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ गराउने तयारी प्रधानमन्त्री दाहालले गर्नु भएको छ ।
यस्तै कांग्रेसले आज सरकारमा जाने मन्त्रीहरुको नाम पठाए सरकार गठन भएको महिनौ सम्म पनि पूर्णता पाउन नसकेको मन्त्रीमण्डले आज पूर्णता पाउने छ ।
यस्तै सभापति देउवाले आज मन्त्रीहरुको टुङगो लगाइ उपचारका लागि शुक्रबार सिंगापुर जाने तयारी गर्नु भएको छ । यसअघि उहाँ उपचारका लागि आज सिंगापुर जाने भनिए पनि मन्त्रीहरुको नाम टुङगो लगाउन नसकेपछि उहाँ शुक्रबार मात्रै सिंगापुर जानु हुने भएको हो ।