स्क्रब टाइफस रोगका विरामी उपत्यकामा पनि भेटियो

स्क्रब टाइफस रोगका विरामी उपत्यकामा पनि भेटियो

  • बुधबार, भदौ ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं, भदौ ८ । मुसा तथा जीवजन्तुमा पाईने किर्ना जस्ता स–साना किराको टोकाइबाट लाग्ने स्क्रब टाइफसका विरामी काठमाडौं उपत्यकामा पनि भेटिएको चिकित्सकहरुले बताएका छन् । काठमान्डौ उपत्यकामा एक जनामा स्क्रब टाइफसको विरामी भेटिएको हो ।

स्क्रब टाइफस भएकालाई उच्च ज्वरो आउने भनिए पनि ज्वरो नआएकालाई पनि रोग लागेको टेकु अस्पतालका डा. शेरबहादुर पुनले जानकारी दिनु भयो ।

सामान्य खोकी र बिबिरा आएका बिरामीको रगत जाँच गरेपछि स्क्रब टाइफस भएको पुष्टि भएको हो । फरक फरक लक्षण देखिएका बिरामीमा स्क्रब टाइफस भएको पुष्टि भएकाले यसबाट जोगिन व्यक्ति आफैले सचेतना अपनाउन डा. पुनले आग्रह गर्नु भएको छ ।

खोकी लागे, आँखा रातो भए, ज्वरो आए वा शरीरमा विवारा आए यो रोगको संक्रमण भएको हुन सक्छ । यस्ता लक्षण देखिना साथ उपचारमा गए साधारण औषधिले रोग निको हुने डा. पुनले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ