काठमाडौँ, ७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले उत्पीडितको पहिचान र अधिकारको प्रत्याभूति दिलाउन आफु नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा ललितपुरका सामाजिक अगुवासँग आज विहान भएको भेटमा उहाले आफ्नो कार्यकालमा पिछडिएका तथा उत्पीडनमा परेका जनताले अधिकारको महसुस गर्ने गरि कार्य गर्ने प्रतिबद्धता जनाउनु भयो ।
मुलुकको दोस्रो पटक प्रधानमन्त्री पदमा बहाली हुनु आफ्नो लागि चुनौतिपूर्ण अवसर भएको भन्दै उहाले संविधान संशोधन ,कार्यान्वयन भुकम्प पछिको पुननिर्माण र वेथिती अन्त्यका लागी पनि महत्वपुर्ण काम गर्ने धारणा राख्नुभायो । आफुले मुलुकमा सहि कानुन स्थापित गर्न चाहेको उहाँको भनाइ थियो ।
भेटमा टोलीले प्रधानमन्त्रीलाई बधाई तथा कार्यकालको सफलताको शुभकामना दिदै ललितपुरको स्थानीय विकास र सामाजिक पहिचानलाई जोगाई राख्ने विषयमा ध्यान दिन आग्रह गरेको थियो ।