भदौ ७ काठमाण्डौं ।
नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादी र अन्य साना कम्युनिष्ट घट्टकहरुबीच आज पार्टी ध्रुविकरण र एकिकरणको घोषणा गरेका छन् । जमल स्थित राष्ट्रिय नाचघरमा एक कार्यक्रमको आयोजना गरि एकिकरणको घोषणा गरेका हुन् ।
पार्टी एकिकरण घोषणा कार्यक्रममा बोल्दै माओवादीका महासचिव विप्लवले मुलकमा शान्ति र सम्बृद्धिका लागी लड्दा युद्धको सङग्या दिएर दमन गर्न खोजिए आफुहरु युद्ध लड्न तयार रहेको चेतावनी दिनुभएको छ ।
माओवादी हतियार उठाउछ भन्ने अभिब्यत्तिको खण्डन गर्दै विप्लवले देश जनताको मुत्ति र मौलिक अधिकार प्राप्तीका लागी आफुहरु युद्ध लडन तयार रहेको उद्घोष गर्नुभएको हो । जनताको गास ,बास ,कपासको अधिकार प्राप्तिका लागी माओवादी अन्तिम समयसम्म लड्न तयार रहेको उहाको भनाई छ ।
आफ्नो पार्टी शान्ति र सम्वृद्धिको खोजीमा रहेको भन्दै उहाले संसदीय व्यावस्थाले जनतालाई आधारभुत र नैसर्गीक अधिकार दिन असक्षम भएको ठोकुवा गर्नुभयो ।
महासचिव विप्लवले नेपालमा संसदीय व्यावस्था पूर्ण रुपमा असफल भएको भन्दै सो व्यावस्थामार्फत स्वचालित हुन खोजेका सासनसत्ताका सासकहरु पनि असक्षम सावित भएको बताउनु भयो ।
कार्यक्रम मार्फत ध्रुविकरण र एकिकरणको अभियानमा सबै कम्युनिष्ठ घटकहरुलाई गोलबद्ध हुन आह्वान गर्दै विप्लवले क्रान्तिलाई पुरा गराएरै छाड्ने प्रतिबद्धता पनि जनाउनु भयो ।
प्रचण्ड र बाबुराम नवसंसोधन वाद र साम्राज्यवादमा फसेर क्रान्तिलाई धोका दिएको भन्दै उहाले प्रचण्ड बाबुरा धागो चुडिएको चङगा जस्तै अवस्थामा रहेका कहाँ गएर बजारिन्छ भन्ने ठेगान नभएको टिप्पडि गर्नुभयो ।
यस्तै विप्लवले संसदवादी दललाई संसदीय व्यावस्था ठिक हो या वैज्ञानिक समाजवाद भन्ने बिषयमा जनमत संग्रह पनि चेतावनी दिनुभयो । उहाले भन्नुभयो , संसदवाद र समाजवादको पक्ष विपक्षमा जनमत गर्न तयार संसदवादी दल छन् त ? यदि तयार छन् भने हामि पनि सहकार्य गर्न तयार छौ ।
त्यसअघि कार्यक्रममा प्रवत्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले राजनितिक प्रतिवद्धता पत्र वाचन गर्नुभएको थियो । प्रतिबद्धता पत्रमा क्रान्तिको झण्डा झुक्न नदिने र दलला नवंशोसधनबाधमा फेसेर नेताहरुले मुलुक र जनताको हि बिपरीत कदम चालेकोले त्यसलाई सफल पार्न नदिने उल्लेख छ ।
प्रतिबद्धता पत्रमा माओवादीका महासचिव विप्लब , कम्युनिष्ट न्युक्लियसका हेमन्त प्रकास ओली , नेकपा माओवादी केन्द्रका पिविएम सन्देश र क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य ईस्लाम हवालीले हस्ताक्षर गरेका छन् ।