काग्रेसले तरुण दल र महिला संघको महाधिवेशन तयारी थाल्यो

काग्रेसले तरुण दल र महिला संघको महाधिवेशन तयारी थाल्यो

  • सोमवार, भदौ ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

काठमाण्डौ ,६ भदौ ।

नेपाली काग्रेसले भदौ २४ देखि २६ गतेसम्म कास्कीको पोखरामा हुने भ्रातृ संगठन नेपाल तरुण दलको महाधिवेशन तयारिका लागी निर्देशक समिति गठन गरेको छ ।
बालकृष्ण खाँणको संयोजकत्वमा गठित समितिमा उमाकान्त चौधरी, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, रामकृष्ण यादव, हृदयराम थानी र सरिता प्रसाईं सदस्य रहेका छन् ।

तरुण दलको तदर्थ समितिले चौथो महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म कास्कीको पोखरामा गर्ने निर्णय गरिसकेको छ ।

तर तरुण दलले हालसम्म ५१ वटा जिल्लामा मात्रै अधिवेशन सकाएको छ ।

त्यस्तै नेपाल महिला संघको महाधिवेशनका लागि एन.पी सावदको संयोजकत्वमा गठित निर्देशन समितिका सदस्यमा नविन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त र प्रदीप पौडेल छन् ।
प्रकाशशरण महत संयोजकत्वको नेविसंघ महाधिवेशन केन्द्रीय निर्देशन समितिले ९ बर्षपछि नेबिसंघको नयाँ नेतृत्व चयन गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी