अख्तियारको टोलीलाई १० लाख घुस अफर गर्ने प्रहरी खोरमा

अख्तियारको टोलीलाई १० लाख घुस अफर गर्ने प्रहरी खोरमा

  • सोमवार, भदौ ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाण्डौ ,६ भदौ ।

विद्यालयमा भएको अनियमिता छानबिन गर्ने खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीलाई नै घुस दिने अफर गरेपछि दुई जना पक्राउ परेका छन् ।

जोरपाटीस्थित बुद्ध एकेडेमी आवासीय माविमा भएको अनियमितता छानबिनमा खटिएका दुई अधिकारीलाई नै १० लाख घुस दिन आएका विद्यालय व्यवस्थापन समितिका सोनाम छिरिङ शेर्पा र सोनाम वाङ्छेन शेर्पा रंगेहात समातिएका हुन् ।

उनीहरु शेर्पा मलस्थित रेड कार्पेट रेस्टुरेन्टमा प्लास्टिकको झोलामा १० लाख बोकेर अनुसन्धानमा संलग्न डीएसपी रविराज खड्का र उपसचिव हरिबाबु पोखरेललाई घुस दिन पुगेका थिए । अर्का आरोपी व्यवस्थापन समितिका पूर्वअध्यक्ष नरबहादुर बुढाथोकी भने भागेका छन् ।

अभियुक्तहरुलाई भ्रष्टाचार ऐनअनुसार कारबाही अगाडि बढाउने खड्काले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी