काठमाडौं, भदौ ६ ।
भारत भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँग भेटघाट गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतकारूपमा भारत जानुभएका उपप्रधानमन्त्री निधिले आज दिउसो पूर्वप्रधानमन्त्री सिंहसँग उहाकै निवासमा भेटवार्ता गर्नुभएको हो ।
भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्थाका साथै दुई मुलुकबीचको सम्बन्ध र आपसी हितका विषयमासमेत छलफल भएको बताइएको छ ।
उपप्रधानमन्त्री निधिले यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहसँग छुट्टाछुृट्टै उच्चस्तरीय भेटवार्ता गर्नु भएको थियो ।
भ्रमण एक दिन लम्ब्याएर राजनितिक भेटवार्तालाई निरन्तरता दिनुभएका निधी भोली स्वदेश फर्कनुहुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline