संबैधाननि ब्यावस्था अनुसार निर्वाचनको तयारी गर्न प्रमको निर्देशन

संबैधाननि ब्यावस्था अनुसार निर्वाचनको तयारी गर्न प्रमको निर्देशन

  • सोमवार, भदौ ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाण्डौ ,६ भदौ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले संबैधानिक ब्यावस्थालाई मध्यनजर गरी तीन वटै निकायको निर्वाचन तयारी गर्न निर्वाचन आयोगलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्रीले आज अपरान्ह निर्वाचन आयोगमा पुगेर २०७४ माघ ७ गतेभित्रै तीन वटै निर्वाचन गर्नु पर्ने संबैधानिक बाध्यता बुझेर तयारी गर्न निर्देशन दिनुभएको प्रधानमन्त्री कार्यलयका सचिवालय सदस्य दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।

आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्रीसँगै मन्त्रीद्धय हितराज पाण्डे र रमेश लेखकको समेत उपस्थिती थियो ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले, आयोगले आगामी निर्वाचनका लागि आवश्यक सबै कानुन र नियमावलीको मस्यौदा सरकारसामु पठाइसकेको जानकारी गराउनु भएको थियो ।

निर्वाचनका लागि आयोगको तयारीबारे यादवले सरकारले जतिसक्यो चााडो कानुन बनाइदिन आग्रह गर्नुभयो ।

उहाले निर्वाचन गराउन आयोगलाई कानुन बनेपछि पनि कम्तिमा ४ महिना लाग्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

यस्तै आजै प्रधानमन्त्री दाहालले बजारमा देखिएको इन्धनको अभावबारे अनुगमन गरि आपूर्ति नियमित गराउन आपूर्तिमन्त्री दिपक बोहोरालाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री दाहालले आपूर्तिमन्त्री बोहोरालाई टेलिफोन गरी ईन्धन अभावको समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले पेट्रोलियम पदार्थको अभाव भएको सूचना आएको भन्दै यसको कारण पत्ता लगाएर तत्काल समाधान निकाल्न निर्देशन दिनुभएको सचिवालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री दाहालले बजारको नियमित अनुगमन गर्न, पेट्रोलियम पदार्थ लगायत जनताको दैनिकीसँग गाँसिएका उपभोग्य बस्तुको सहज आपूर्ति गराउन समेत आपूर्तिमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ ।

जवाफमा आपूर्तिमन्त्री बोहराले उपत्यकामा ३ दिन लामो विदाका कारण ईन्धन आपूर्तिमा समस्या देखिएको भन्दै मन्त्रालय आपूर्ति व्यवस्था सहज बनाउन लागी परेको दावी गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी