भदौ ६ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहालले यातायात क्षेत्रको सेवा लिन जनताले धेरै दुखः पाएको देखिएको भन्दै काठमाण्डौंमा २ र भक्तपुरमा १ सेवा केन्द्र खोलेर सहज बनाउन यातायात मन्त्री रमेश लेखक र मन्त्रालयका सचिव लाई निवासमा बोलाएर निर्देशन दिनु भएको छ ।
लाईसेन्स, विल बुक नवीकरण, रुट परमिट लगायतका विविध क्षेत्रमा जनताले निकै दुख पाएको भन्दै प्रधानमन्त्रीले यसलाई तत्कालै सहज पार्न निर्देशन दिनु भएको हो ।
अनलाईनबाट लाईसेन्सको फर्म भर्ने व्यवस्था गर्न, स्कुल कलेज भाडामा लिएर भए पनि एकै पटक ४÷५ हजारलाई लाईसेन्सको लिखित परीक्षाको व्यवस्था गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिए पछि मन्त्री रमेश लेखकले आवस्यक गृहकार्य पछि यी काम अघि बढाउने बताउनु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline