काठमान्डौ भदौ ६। दाङको गढुवामा एक व्यक्तिले दुइ जनाको गोनी हानीे हत्या गरेको छ । हत्या हुनेमा गढुवा–५ खबरी नाका निवासी ३२ वर्षीय राजु रोका र कालु रोका रहेका छन् ।
स्थानीय ३२ वर्षीय कर्णबहादुर पुनले भरुवा बन्दुकले हानेर उनीहरुको हत्या गरेको दाङका प्रहरी प्रमुख एसपी धीरजप्रताप सिंहले जानकारी दिनुभयो ।
एसपी सिंहका अनुसार गोली लागि गम्भीर घाइते कालु रोकाको उपचारका लागि बाँकेको कोहलपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । अर्का घाइते राजु रोकाको उपचारका क्रममा आज बिहानै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पनुले पुरानो रिसीइविका कारण तीज मेलामा पुगेको उनीहरुको योजनाबद्ध रुपमा गोली हानी हत्या गरेको एसपी सिंहले बताउनु भयो ।
मृतक दुबै जनाको शव अहिले स्वास्थ्य चौकी लमहीमा पोष्टमार्टमका लागि राखिएको छ। गोली हाल्ने कर्णबहादुर पुन भने फरार रहेका प्रहरीले बताएको छ।
यस्तै दाङ तुलसीपुरको मुख्य आईएमईबाट झन्डै साढे पाँच लाख रुपैयाँ नगद चोरी भएको छ।
तुलसीपुरको बिपी चोकस्थित राप्ती मनि ट्रान्सफर्मरबाट आज बिहान ५ लाख ३५ हजार नगद चोरी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिनु भयो ।
सीसी क्यामेराको फुटेज रेकर्ड हेर्दा आज बिहान चोरले उक्त आईएमईको घर्राको ताला फोडेर ५ लाख ३५ हजार नगद चोरी भएको बताइएको छ ।
चोरले ताला फोडर भित्र प्रवेश गरी जुन घर्रामा बढी पैसा राखिएको त्यही घर्रामात्रै फोडेर रकम चोरी गरेको प्रहरीले बताएको छ ।