काठमान्डौ,भदौ ६। प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दुतका रुपमा भारत भ्रमणमा रहनु भएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र नीधिको भम्रण समय थप एक दिन लम्बिएको छ ।
तीन दिन लामो भारत भ्रमण सकेर आज फर्किने पूर्व निर्धारित कार्यक्रम भए पनि निधीको भ्रमण समय थप एक दिन लम्बिएको निधीको नीजि सचिवालयले जनाएको छ ।
आज उहाले भारतीय जनता पार्टीका नेता अमित शाहसग‘ भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । दिल्लीमा रहदा उहाले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी , विदेश मन्त्री सुस्मा स्वराज, काग्रेस आईका नेता राहुल गान्धी लगायतकासग‘ भेटवार्ता गर्नु भएको थियो ।
सो भ्रमणका क्रममा निधिले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण आसन्न भदौ ३० र ३१ मा गर्ने टुंगो गर्नु भएको थियो ।
निधिले दिल्लीमा रहदा नेपालको सविधान ससोधनका विषयमा छलफल गरेको भन्दै नेपालको संसदमा आलोचना भएको थियो ।