सत्ता पक्ष र मोर्चा सहमतिको कार्याान्वयनको सम्बन्धमा छलफल गर्दै

सत्ता पक्ष र मोर्चा सहमतिको कार्याान्वयनको सम्बन्धमा छलफल गर्दै

  • सोमवार, भदौ ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमान्डौ भदौ ६ ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेससँग भएको तीन बुदे सहमति कार्यान्वयनको सम्बन्धमा समिक्षा गर्न सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सचिवालय बैठक आज बस्दै छ ।

बैठक राजधानीको विजुली बजार स्थित तमलोपाको कार्यालयमा विहान ११ बजेका लागि बोलाइएको छ ।

संविधान संसोधन , मधेस आन्दोलनका क्रममा मृत्यु भएका लाई सहिद घोषणा र घाइतेहरुलाई राहत दिने भन्ने विषयमा भएको सहमतिको कार्यान्वयनको सम्बन्धमा छलफल गर्न आजको बैठक बस्न लागेको हो ।

तीन बुदे सहमति अनुरुप सरकारले ५२ जनालाई सहिद घोषणा गरेर १० लाख दिने निर्णय गरे पनि मोर्चाले ६८ जनालाई सहिद घोषणा गर्न माग गरेको छ ।

आजको बैठकमा मधेस आन्दोलनमा घाइते भएकाहरुको उपचार र राहतमा समेत ढिलाई भइरहेको भन्दै यस बारे पनि छलफल गर्ने सचिवालय सदस्य मनिष कुमार सुमनले जानकारी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ