भरतराज शर्मा
धरानको विष्णुपादुका क्षेत्रबाट अवैध रुपमा लुकाइछिपाई बिक्री वितरणका लागि धरानतिर ल्याउने क्रममा अवैध गा“जासहित ५ जना महिला पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय धरानका अनुसार ती ५ महिलासँगै अरु २ जना पुरुषलाई पनि लागुऔषधसहित आईतबारै पक्राउ गरिएको हो ।
धरान २६ मानेभञ्याङ चोकबाट धरानतिर आउँदै गरेका झोला बोकेका महिलालाई शङ्कास्पद अवस्थामा देखेपछि जाँच गर्दा उनीहरुले बोकेको झोलामा अवैध १केजीका दरको ३९बटा गाजाको पोका फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरुमा भोजपुर हसनपुरकी २५ वर्षीया दिलकुमारी राई ,धनकुटा छिन्ताङकी १७ वर्षीया सुनिता राई ,४५ की आशा राई, ५२ वर्षीया श्यामकुमारी राई र ३५ वर्षीया राजकुमारी राई रहेका छन्।
यसैगरी अस्थायी प्रहरी चौकी तीनकुने धरानले धरान–१३ का १६ वर्षीय रुम्वा तामाङ र धरान–१६ का २० वर्षीय राज तामाङलाई लागुऔषध एभिल ३६ एम्पुल लुपिजेसिक ३६ एम्पुल र ३६ एम्पुल डाइजोल्यापसहित पक्राउ गरेको पनि इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ।
पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय धरानले हिरासतमा राखेर आवश्यक अनुसन्धान एवम् कानुनी कारबाही अघि बढाएको प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।