भदौ ५ काठमाण्डौं । नेपाली कॉग्रेसले आज आफ्नो पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुको नाम पठाउने भएको छ ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षसग‘ छलफल नभएकाले देउवाले आफू निकटका ४ देखि ५ जना सम्म मन्त्रीहरु आज पठाउने तयारी गर्नु भएको हो ।
बुधबार सभापति देउवा सिंहापुर जाने भएका कारण आजै केही नाम दिने तय भएको नेताहरुले बताएका छन् ।
नेता अर्जुन नरसिंह केसी, प्रकाश शरण महत सहित केही नेताको नाम चर्चामा रहे पनि अन्तिम नामावली काग्रेसले तयार पार्न सकेको छैन ।
पार्टीले प्राप्त गर्ने कुल १३ मन्त्रालय मध्य पौडेल पक्षले ६ मन्त्रालयको माग गरे पछि सहमति हुन बाकी रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline