ताप्लेजुङमा शैक्षिक सिकाई उपलब्धीलक्ष उन्मुखःऔषत ३ प्रतिशतले बढ्यो

ताप्लेजुङमा शैक्षिक सिकाई उपलब्धीलक्ष उन्मुखःऔषत ३ प्रतिशतले बढ्यो

चालीस हजार विद्यार्थी हराए

  • आइतवार, भदौ ५, २०७३
  • आलोक माबोहाङ् लिम्बू

  • 6.1K
    SHARES

५ भाद्र, ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको समग्र शैक्षिक क्षेत्रको शिक्षण सिकाई उपलब्धी उन्मुखभएको जिल्ला शिक्षा कार्यालय ताप्लेजुङले आज फुङलिङ बजारमाआयोजना गरेको कार्यक्रममाजानकारी गराएको छ ।
आर्थिक वर्ष २०७२÷०७३ को बित्तीय प्रगती तथा सिकाई उपलब्धीको प्रबोधिकरण कार्यक्रममा समग्र भौतिकप्रगति ९६ प्रतिशत र वित्तीयप्रगति ९४ प्रतिशतभएको प्रतिवेदन सार्वजानिकगरिएको छ ।
विद्यालय क्षेत्र सुधार कार्यक्रमअन्र्तगत, पूँजीगततर्फको भौतिकप्रगति ६१.४८ प्रतिशत, वित्तीयप्रगति ६१ प्रतिशत, चालु खर्चको भौतिकप्रगति ९३.४४ प्रतिशत र बित्तीयप्रगति ९२.५२ प्रतिशतप्रगतिभएकोतथ्याङ्क सार्बजानिकगएिको छ ।
प्रस्तुत आंकडा अनुसार, कुल १४ ओटा श्रोत केन्द्र मध्ये भञ्ज्याङ उच्चमाविश्रोत केन्द्र सबैभन्दाकमजोर र शिक्षण सिकाई उपलब्धीलक्षउन्मुखनभएको श्रोत केन्द्रको रुपमादर्ज गरिएको छ । यो श्रोत केन्द्र गतवर्ष अर्थात् शैक्षिक सत्र २०७१ मापनि सबैभन्दाकमजोर श्रोत केन्द्रको रुपमा रहेको तथ्याङ्कले देखाएको थियो ।
श्रोत केन्द्रले प्रगतिगर्न नसक्नुको मुख्यकारण विद्यालयअनुगमनतथा सुपरिवेक्षण उल्लेख्य रुपमानहुनु रहेको जिल्लाशिक्षाअधिकारी पूर्ण बहादुर दर्जीले स्वीकारे । कुनै कुनै विद्यालय र श्रोत केन्द्र प्रगतिउन्मुखनभएपनि समग्र जिल्लको शैक्षिकसिकाई उपलब्धिलक्षउन्मुख छ ।

यसरी औषतमा समग्र जिल्लाको सिकाई उपलब्धीलक्षउन्मुखहुनुको मुख्यकारण, लामो समयदेखि दर्जनौँ शिक्षककाजमा रहेकाका केहीको र नयाँका समग्र दर्बन्दीमिलान, विषयगतशिक्षकव्यवस्थापन, पीसीएफअनुदान, शिक्षकको सहयोग र शैक्षिक सुधार अवधारणा २०७१ ताप्लेजुङ जारी गरी ३२ बुँदे शैक्षिक गुणस्तर सुधार कार्यक्रमलागु गराउनु रहेको जिल्लाशिक्षअधिकारी पूर्ण बहादुर दर्जीले औँल्याए ।
समग्र जिल्लाको शिक्षण सिकाई उपलब्धि ३ प्रतिशतले उकालो लागिरहेको आंकडाले देखाएको छ ।ताप्लेजुङमा सबैभन्दा धेरै १२ प्रतिशतले कक्षा आठको शैक्षिकसिकाई उपलब्धीभएको छ ।
चालीस हजार विद्यार्थी हराए
शैक्षिक सत्र २०६८ माताप्लेजुङ जिल्लामा७२ हजार विद्यार्थी रहेकोमा घटेर अहिले ३२ हजार मात्रविद्यालयमाअध्ययनरत थिए सो संख्या ४० हजार ले घटेको छ ।
तथ्याङ्कले सामुदायिकविद्यालयमाफर्जी वानक्कलीविद्यार्थी बनाएर सेवासुविधाको दुरुपयोग गरेको पाइएको हो । विद्यार्थी संख्याअधिक देखाएर ननसेलरी, पीसीएफअनुदान, मसलन्दखर्च लगायतकाविविधशिर्षकमा ठूलो रकमविद्यालयले दुरुपयोग गरेको तथ्यबाहिर आएको छ ।
पछिल्लो समयमाशिक्षाविभागले सफ्टवेयर मार्फत विद्यार्थी संख्या, विद्यार्थी भर्नाको अभिलेख र विद्यार्थी भर्नामाजन्मदर्ता अनिबार्य गरेको हुनाले यतिका धेरै नक्कलीनामकाविद्यार्थी पत्तालागेकाहुन् ।
देशैभर यस्ता बनावटी नामकाविद्यार्थीको संख्या सार्बजानिकनभएपनिताप्लेजुङमाआधाओईन, दुई तिहाईभन्दा बढी फर्जी विद्यार्थी भएको प्रमाणित भएको हो । देशभरको तथ्याङ्कपनिशिक्षामन्त्रालयले सार्बजानिकगर्न आवश्यक छ ।
उसै त शिक्षा क्षेत्रमालगानी बढी, उपलब्धीकमभनीविभिन्नकोणबाट टिप्पणी र बहसहरु हुन्छन् । अब यसरी फर्जी विद्यार्थीको नमममाशिक्षा क्षेत्रमा ठूलो भ्रष्टाचार भएको छ ।
यो भ्रष्टाचारलाई अध्ययन अनुसन्धान गरी, बास्तविकता छानबिन गरी सत्यतथ्यबाहिर ल्यएर, भ्रष्टाचारीलाई कानुनीकार्बाहि गर्ने जिम्माकसको त ?

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी