१२ गतेसम्मका लागि संसद बैठक स्थगित

१२ गतेसम्मका लागि संसद बैठक स्थगित

  • आइतवार, भदौ ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाण्डौ ,५ भदौ ।
विभिन्न राजनीतिक दलका सांसदहरुले यातायात व्यवस्था विभागले अस्थायी रुट परमिटको नाममा यातायात सेवा बन्द गराउदा जनता मारमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको व्यावस्थापिका संसदको बैठकमा बोल्ने अधिकाशं सास्दहरुले सार्वजनिक यातायातमा कायम रहेको सिण्डिकेट प्रणलीको अन्त्य गर्न माग गर्दै विभागको पछिल्लो कदमले जनतामा मारमा परेको तर्फ ध्यानाकर्षण गराएका हुन् ।

सांदहरुले रुट परमिटको विषयलाई लिएर यातायात व्यवस्था विभागले गरेको निर्णयले लाखौं सर्वसाधरणहरु अहिले मारमा परेकाले यस्को तत्काल समाधान गर्न सरकारको ध्यान जानु पर्नेमा जोड दिए ।

उनीहरुले बाढि, पहिरो र भुकम्प पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन पनि माग गरेका छन् ।

आजको बैठकमा सांसदहरु अनारकली मियाँ ,अफिलाल ओखेडा, अमर शर्मा देवराज भार, केशव बडाल, रामहिर खतिवडा लगायतले धारणा राखेका थिए ।

यस्तै आजको बैठकले संसद नियमावली, २०७३ को नियम १७७ बमोजिम विभिन्न समितिहरुमा १९ जना सदस्यहरुको नाम थप गरेको छ ।

यसैबीच व्यवस्थापिका संसदको बैठक भदौ १२ गते ११ बजेसम्मका लागि स्थगित गरिएको छ । नयाँ सरकार गठन भए पनि सरकारले अझै पूर्णता नपाउँदा यस्को प्रत्यक्ष असर व्यवस्थापिका संसदमा पनि देखिएको छ ।

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले आन्तरिक विवाद तथा भर्खरै सम्पन्न नेपाल विद्यार्थी संघको निर्वाचनका कारण सरकारमा पठाउने बाँकी मन्त्रिहरुको चयन गर्न सकेको छैन ।

सरकारले पूर्णता नपाए पछि सरकारले व्यवस्थापिका संसदलाई पनि खासै विजनेश उपलब्ध गराउन नसक्दा संसद विजनेश बिहीन बनेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ