मधेसी दल मधेसको हितभन्दा संसद्को मोहमा फसे :वैद्य

मधेसी दल मधेसको हितभन्दा संसद्को मोहमा फसे :वैद्य

  • आइतवार, भदौ ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

जनकपुरधाम, भदौ ५ ।
नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले मधेसवादी दलहरु मधेसको हितभन्दा पनि संसद्को मोहमा फसेको आरोप लगाउनु भएको छ ।

जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै वैद्यले संसदीय मोहकै कारण आन्दोलनलाई गन्तव्यमा पु¥याउन नसकेको टिप्पडि गर्नुभयो । जनतालाई हरेकपल्ट दलहरूले धोका दिने गरेकोले सजग रहन जरुरी रहेको पनि उहाको भनाई छ ।

संबिधान संशोधन र पुनर्लेखनले वर्गीय र मधेसीको हित हुन नसक्ने धारणा राख्दै अध्यक्ष वैद्यले संविधानमा आमूल परिवर्तनको खाँचो औँल्याउनु भएको छ ।

फरक प्रशङगमा उहाले आफ्नो सहयात्री पुष्पकमल दाहाल प्रचण्डसँग पुनः सहयात्राको सम्भावना नरहेको बताउनु भयो । जनताको हितको दृष्टिले वर्तमान सरकारको सफलताको कसी प्रष्ट नभएको भन्दै उहाले प्रचण्ड असफल बन्ने तर्क गर्नुभयो ।
वैद्यले आफ्नो दल देशमा नयाँ आन्दोलनको तयारीमा लागिपरेको प्रष्ट्याउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ