एमाले स्थायी कमिटि बैठक बस्दै

एमाले स्थायी कमिटि बैठक बस्दै

  • आइतवार, भदौ ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमान्डौ भदौ ५।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बैठक मध्यान्ह १२ बजे पछि राजधानीको धुम्बाराही स्थित पार्टी कार्यालयमा बोलाइएको छ ।

वर्तमान सत्ता संगठन , संविधान कार्यान्वयन स्थानीय तहको निर्वाचन लगायतको विषयमा छलफल गर्न बसेको स्थायी कमिटीको बैठक गत आइतबार देखि जारी छ ।

सदस्यहरुले बोल्ने क्रम नसकिए पछि लम्बिएको बैठकमा आज पनि सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहने पार्टी सचिव योगेश भट्टाराईले जानकारी दिनुभयो ।

२६ सदस्यीय स्थायी कमिटीमा महासचिव इश्वर पोखरेल लगायत स्थायी समितिका केहि सदस्यले आजको बैठकमा आफ्नो धारणा राख्ने सचिव भट्राइले बताउनु भयो ।

सबै सदस्यहरुले राखेको धारणाको सम्बन्धमा भोली पार्टी अध्यक्ष्ाँ के पी ओलीले जवाफदिनु हुनेछ। स्थानीय तह, पुनरसंरचना, स्थानीय तह निर्वाचन, संविधान कार्यान्वयन ,पार्टीको आन्तिरिक जिवन लगायतका विषयमा निणर्य गर्न एमालेले बैठक बोलाएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी