काठमान्डौ भदौ ५ । प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसले स्थानीय निकाय पुनःसंरचनाको विषयमा पार्टीको आधिकारीक धारणा तय गर्न आज देखि जिल्ला सभापतिहरुको भेला गर्दै छ ।
राजनीतिक दल र नेताहरूको स्थानीय निकायको पुनस्संरचना सम्बन्धी फरकफरक धारणा बाहिर आइरहेका बेला संसदको ठूलो दल कांग्रेसले त्यस विषयमा आफ्नो आधिकारिक धारणा तय गर्न केन्द्रीय समिति र जिल्ला सभापतिहरूको दुईदिने भेला बोलाएको हो ।
सभापति शेरबहादुर देउवाले विहान ९ बजे बानेश्वरस्थित आनन्द इभेन्ट पार्टी प्यालेसमा सो भेलाको उद्घाटन गर्नुृ हुनेछ ।
गत साता प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठकले स्थानीय निकायका विषयमा कायम विवाद समाधानका लागि १५ दिनको समय तय गरेको छ ।
आज र भोली हुने सो भेलामा गाउँपालिका, नगरपालिका, विशेष, संरक्षित र स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारणका विषयमा छलफल गरिने बताइएको छ ।