४ भदौ, चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पािर्टबाट सरकारमा सहभागी हुने मन्त्रीका बिषयमा पार्टी सभापति शेरबहादुर देउवासँग छलफल नभएको बताउनु भएको छ ।
नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले सरकारमा मन्त्री पठाउने विषयमा पार्टी सभापतिसँग आफ्नो छलफल नभएके प्रष्ठ पार्नुभयो ।
मन्त्री पठाउने विषयमा सभापतिलाई सहयोग गर्न आफू तयार रहेको भन्दै उहाले भन्नुभयो , “मन्त्री पठाउने विषयमा अहिलेसम्म कुनै छलफल भएको छैन ।”
पुष्पकमल दाहालको नेतृत्वमा सरकारमा जाने विषयमा पार्टीको निर्णय भएको भए पनि त्यसयता पार्टीबाट क–कसलाई मन्त्री बनाउने भन्ने विषयमा कुनै पनि छलफल नभएको उहाको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline