चीन भ्रमण सकेर महरा स्वदेश फिर्ता ,भ्रमण फलदायी भएको प्रतिक्रिया

चीन भ्रमण सकेर महरा स्वदेश फिर्ता ,भ्रमण फलदायी भएको प्रतिक्रिया

  • शनिबार, भदौ ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

४ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा चीन जानुभएका उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा आज स्वदेश फर्कनुभएको छ ।

आज मध्यान्ह १२ बजेपछि काठमाण्डौ आईपुग्नु भएका महराले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दे चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे सकारात्मक सन्देश पाएको बताउनु भयो ।

आफ्नो चीन भ्रमण फलदायी र उत्साहपूर्ण रहेको भन्दै उपप्रधानमन्त्री महराले ‘चिनियाँ राष्टपतिको भ्रमणबारे सकारात्कम सन्देश पाएका धारणा राख्नुभयो ।

उहाले भन्नुभयो, ‘चिनियाँ प्रधानमन्त्री लीसँगको भेटमा भ्रमणबारे सकारात्म कुराकानी भयो, दुई देशका परराष्ट्र मन्त्रालय निरन्तर सम्पर्कमा रहने कुरा भएको छ ।’

राष्ट्रपतिको भ्रमण कहिले हुने भयो त भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा महराले मिति भने तय भइनसकेको बताउनु भयो । यसबारे चिनियाँ उच्च नेताहरुको छलफलपछि मात्रै निर्णय हुने महराले भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी