उपप्रधानमन्त्री नीधि र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

उपप्रधानमन्त्री नीधि र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

  • शनिबार, भदौ ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमान्डौ,भदौ४।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विशेष दूतका रूपमा भारत भ्रमणमा रहनु भएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिल आज पनि राजनितिक भेटवार्ता जारी राख्नुभएके छ ।

उहाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ । उपप्रधानमन्त्री निधिले आज बिहान सेभेन रेसकोस्मा रहेको प्रधानमन्त्री मोदीको निवास पुगेर उहासँग भेटवार्ता गर्नुभएको हो ।

निधिले संविधान संशोधनमा भइरहेको प्रयास, संविधान कार्यान्वयनमा भारतको सहयोग लगायतका विषयमा मोदीसग छलफल गर्नुभएको थियो ।साथै निधिले संविधान संसोधन गर्न भइरहेको प्रयास र मधेस आन्दोलनलाई
सरकारले संबोधन गर्न सुरु गरेको बारेमा मोदीलाई जानकारी गराउनुभएको छ ।

नीधिले मोदीको रोकिएको जनकपुर, मुक्तिनाथ र लुम्बिनी भ्रमण गर्न समेत आग्रह गर्नुभएको थियो । ०७१ मंसीर पहिलो साता मोदी स्थलमार्ग हुँदै झारखण्डबाट जनकपुर आउने कार्यक्रम नेपालको आन्तरिक राजनीतिक खिचतानीले रोकिएको थियो ।

यस अघि उपप्रधानमन्त्री नीधिले हिजो भारतीय राष्ट्रपति प्रणव मुखर्जी, समकक्षी राजनाथ सिंह र विदेशमन्त्री सुष्मा स्वराज सँग भेटवार्ता गर्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ