केसीका समर्थकले आज बालुवाटारमा धर्ना

केसीका समर्थकले आज बालुवाटारमा धर्ना

  • शनिबार, भदौ ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमान्डौ, भदौ ४।
सरकारसँग भएको सहमति कार्यान्वयनको माग गर्दै डा.गोविन्द केसी र उहाँका समर्थकहरुले आज प्रधानमन्त्री निवास बालुवाटार अगाडी धर्ना दिदै छन् ।

सहमति कार्यान्वयनमा सरकारलाई दवाव दिन सोलिडारिटी फर डा केसी अलायन्सले आज बिहान ११ बजे धर्ना दिने भएका हुन् ।

सहमति भएको एक महिना भइ सक्दा पनि सरकारले मागहरु प्रति कुनै गम्भिरता नदेखाएका भन्दै कार्यान्वयनका लागि दवाव मूलक कार्यक्रमहरु सुरु गर्न लागेको बताइएको छ ।

सरकारले पटक पटक सहमति गर्ने तर कार्यान्वयन नगर्ने जस्ता पुरानै प्रवृत्ति दोहोर्याएको भन्दै कार्यान्वयनका लागि धर्ना कार्यक्रम गर्न लागेको डा केसी ले बताउनु भयो ।

आजको धर्ना कार्यक्रममा डा. केसीसगै लेखक खगेन्द्र संग्रौला, प्राध्यापक कपिल श्रेष्ठ, आर्टिस्ट किरण मानन्धर, युवा लेखक बुद्धि सागर, प्राध्यापक चैतन्य मिश्र,प्रत्यूष वन्त लगायत समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता हुने अलायन्सले जनाएको छ ।

देशमा कानुनी शासन तथा जवाफदेहिताको लागि समग्र युवा पुस्तालाई सक्रिय सहभागिताको लागि अलायन्सले हार्दिक अपिल समेत गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ