काठमाडौं, भदौ ३ ।
भूकम्पप्रतिरोधी भवन निर्माण सामग्री तथा प्रविधिबारे जानकारी गराउने उद्देश्यले सुरु गरिएको बिल्डिङ एन्ड कन्स्ट्रक्सन मेला आज पनि जारी छ ।
काठमाडौंको भृकुटिमण्डपमा जारी मेलामा ५० जना स्वयंसेवी इन्जिनियरहरुले निर्माणसम्बन्धी निशुल्क जानकारी दिईरहेका छन् ।
मेलामा राष्ट्रिय भवनसंहिता तथा उपयोग, पुनःनिर्माण तथा पुनर्बास, निर्माण सामग्री तथा प्रविधि, सहरीकरण तथा बस्ती विकास एवं पुरातात्विक सम्पदा विषयमा परमर्श लिन सकिने संस्थाका अध्यक्ष विरेन्द्रराज पाण्डेले बताउनु भयो ।
भदौ ६ गतेसम्म चल्ने मेलामा घरजग्गा, सिमेन्ट, फर्निचर तथा फर्नि्सिङ, छड, इलेक्ट्रोनिक तथा इलेक्ट्रिक सामग्री, बैंक, बिमा, प्रिफेब हाउसलगायतका १ सय ५० भन्दा बढी स्टल राखिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline