उपप्रधानमन्त्री नीधिले भारतीय प्रधानमन्त्रीसँग भेट्दै

उपप्रधानमन्त्री नीधिले भारतीय प्रधानमन्त्रीसँग भेट्दै

  • शनिबार, भदौ ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमान्डौ,भदौ ४। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विशेष दूतका रूपमा भारत भ्रमणमा रहनु भएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै हुनुहुन्छ ।

उपप्रधानमन्त्री निधिले प्रधानमन्त्री मोदीको निवास सेभेन रेसकोस्मा विहान ११ बजे भेटघाट गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

निधिले संविधान संशोधनमा भइरहेको प्रयास, संविधान कार्यान्वयनमा भारतको सहयोग लगायतका विषयमा मोदीसग छलफल गर्नु हुनेछ ।

नीधिले मोदीको रोकिएको जनकपुर, मुक्तिनाथ र लुम्बिनी भ्रमण गर्न आग्रह गर्ने तयारी गर्नु भएको छ । यसबारे नीधिले विदेशमन्त्री सुष्मा स्वराजलाई पनि जानकारी गराउनु भएको स्रोत बताएको छ ।

यस अघि उपप्रधानमन्त्री नीधिले हिजो भारतीय राष्ट्रपति प्रणव मुखर्जी, समकक्षी राजनाथ सिंह र विदेशमन्त्री सुष्मा स्वराज सँग भेटवार्ता गर्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ