गाईजात्राको रमाईलो यस्तो देखियो ( फोटो फिचर )

गाईजात्राको रमाईलो यस्तो देखियो ( फोटो फिचर )

  • शनिबार, भदौ ४, २०७३
  • बुद्ध शरण शाही ।

  • 11.7K
    SHARES

काठमाडौ, ३ भदौ । वर्ष दिन भित्र दिवङ्गत भएका आफन्तहरुको सम्झनामा काठमान्डौ उपत्यका लगायत देशभर विभिन्न जिल्लाहरुमा आज गाइजात्रा पर्व मनाईएको छ ।

gaijatra 2
यस पर्व अवसरमा काठमाण्डौं , ललितपुर, भक्तपुरका विभिन्न चोक र टोलमा विशेष गरी र उपत्यका बाहिरका जिल्लाहरुमा सापेक्ष रुपमा मनाईएको छ ।
यस पर्वका अवसरमा काठमाण्डौंमा विदेशी पर्यटकहरु पनि सामेल भएर रमाउने गर्दछन् ।

gai jatra 3

विशेष गरी यो पर्व नेवार समुदायले भाद्र कृष्ण प्रतिपदा देखि ८ दिन सम्म मनाउने गर्दछन् ।

तत्कालीन राजा प्रताप मल्लका छोरा चक्रवर्तिन्द्रको अकस्मात् निधन भएपछि शोकाकुल रानीको मन शान्त पार्न ‘हाम्रा युवराज मात्र होइन दुनियाँका सन्तान पनि मरेका हुन्छन भन्ने देखाउन यो जात्रा सुरु गरिएको इतिहासमा उल्लेख छ ।

gai jatra 4

राजाले वर्ष दिनभित्र आफन्त मरेकाले गाईको झाँकी प्रदर्शन गर्नु भनी उर्दी दिएपछि यो जात्रा मनाउन थालिएको इतिहासमा उल्लेख गरिएको छ ।

आजका एक वर्ष्भित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी आ–आफ्ना इलाकामा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र पैसा दान गर्ने गरिन्छ ।

gai jatra 5

यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहि आएको पाइन्छ छ ।

देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि काठमाडौं उपत्यकामा यसको विशेष रौनकता हुन्छ ।

यसैविच भक्तपुरमा आज देखि सात दिन सम्म घिन्ताङ घिसी नाच, हनुमान नाच,माकप्याख लाखे नाच , भैरव नाच लगायत देवि देवताको नाच विभिन्न व्यङग्यात्मक प्रस्तुति गरि कृष्ण जन्माष्टमी दिन तलेजुको जात्रा गरी गाइजात्राको समापन गरिन्छ ।

यो पर्व काठमाडौँ उपत्यका लगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा र पोखरा लगायतका सहरमा पनि मनाइन्छ ।

gai jatra darsak

पछिल्लो समयमा गाइजात्राको अवसरमा व्यङ्ग्यात्मक प्रदर्शन, प्रहसन तथा प्रकाशनहरूमा व्यङ्ग्यपूर्ण रचना प्रकाशित गर्ने चलन छ । गाइजात्रा पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।

gaijatra 6

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी