कॉग्रेस – माओवादी केन्द्र सरकारले फाष्ट ट्रयाक भारतलाई दिने उचित वातावरण बनाउदै ?

कॉग्रेस – माओवादी केन्द्र सरकारले फाष्ट ट्रयाक भारतलाई दिने उचित वातावरण बनाउदै ?

  • शुक्रबार, भदौ ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

भदौ ३ काठमाण्डौं । काठमाण्डौं निजगढको बहुचर्चित द्रुत मार्ग ( फाष्ट ट्रयाक ) भारतलाई दिन विभिन्न हिशाबले वातावरण बनाउन काग्रेस माओवादी सरकार केन्द्रीत भएको देखिएको छ ।

साउनमा प्रधानमन्त्री भए पछि प्रचण्डले संसदमा गरेको संवोधन , प्रमुख सत्ता साझेदार दल नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाको पछिल्लो अभिव्यक्ति र फाष्ट ट्रयाक भारतलाई दिनु पर्छ भनेर खुलेर अभिव्यक्ति दिने गृहमन्त्री विमलेन्द्र निधिको भारत भ्रमणलाई यसै सन्दर्भसग‘ जोड्न थालिएको छ ।

fast track 2

माओवादी केन्द्रका एक हेडक्वार्टर सदस्यले लाजिम्पाटमै पुगेर पनि , पेरिसडाडामा पनि आफूहरुले फाष्ट ट्रयाक सहित विभिन्न योजना भारतलाई दिन नहुने सुझाव राखे पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहाल मौन बस्ने गरेको बताएका छन् ।
यता काग्रेस नेता देउवाले पनि स्वदेशी लगानीमा ठूला योजना बनाउन नसकिने भन्दै विदेशी लगानी भित्र्याउने कुरा गर्दै गएर त्यस्तो वातारण बनाउन खोजेको ती नेताको तर्क छ ।
यस अघि ओली सरकारले फाष्ट ट्रयाक स्वदेशी लगानीमा बनाउने घोषणा सहित बजेट समेत विनियोजन गरेको थियो ।
भारतले मधेश आन्दोलनकै बेला सप्तकोशी उच्च बाध, फाष्ट ट्रयाक जस्ता परियोजना हात पार्न चाहेको समाचारहरु सार्वजनिक भएका थिए ।
फाष्ट ट्रयाक भारतीय कम्पनीको नाममा टेन्डर पारिए आर्थिक तथा सुरक्षाको दृष्टिले पनि नेपाललाई खतरा हुन सक्ने विज्ञहरुले औल्याउदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी