काठमाडौं भाद्र ३, ।
नेकपा माओवादी केन्द्रले सरकाका कामलाई प्राथमिकता दिन पर्ने कारण देखाएर आगामी पुष २८ गतेदेखि गर्ने भनिएको पार्टीको राष्ट्रिय महाधिवेशन स्थगित गरेको छ ।
लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा बसेको हेडक्वाटर बैठकले सरकारको काममा ध्यान दिनुपर्ने र पार्टीका काममा अध्यक्षले पर्याप्त समय दिन नसक्ने भएकोले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको प्रवक्ता पम्फा भुषालले जानकारी दिनुभयो ।
महाधिवेशन स्थगितसँगै यही भदौं ११ गते गर्ने भनिएको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक पनि स्थगित भएको छ ।
त्यसको बिकल्पमा सात वटै प्रदेशमा केन्द्रीय कार्यालय सदस्यको उपस्थितिमा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरुको सहभागितामा प्रदेशस्तरीय बैठक बस्ने माओवादीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline