काठमाण्डौ ,३ भदौ ।
नेकपा माओवादी केन्द्रले विभिन्न शक्ति केन्द्रको प्रलोभनमा परेर सत्ता समिकरण परिवर्तन गरेको प्रतिपक्षी दल एमालेले आरोप लगाएको छ ।
धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको स्थायी समिति बैठकमा धारणा राख्ने सदस्यहरुले माओवादीसँग भएको राजनीतिक समिकरणलाई आफुहरुले दीर्घकालीन बनाउने कोसिस गरपनि माओवादी कै कारण समिकरण परिवर्तन भएको बताएका थिए ।
यस्तै एमाले नेतृत्वको सरकारले जनता र राष्ट्रका पक्षमा सकारात्मक काम गर्नु, नेपालको परराष्ट्र सम्वन्धलाई सन्तुलित रुपमा परिचालन गर्नु, आर्थिक समृद्धिका पक्षमा जनतामा आत्मविश्वास बढाउनु सकारात्मक पक्ष भएको बताएका छन् ।
आज पनि बोल्ने क्रम नसकिएकाले पर्सी आईतबार १२ बजे पुन बैठक बस्ने प्रचार विभाग प्रमुख समेत रहेका सचिव योगश भट्टराईले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline