काठमाण्डौ ,३ भदौ ।
भारत भ्रमणमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले आजदेखि उच्चस्तरीय राजनितिक भेटवार्ता सुरु गर्नुभएको छ ।
सो क्रममा उप्रप्रधानमन्त्री निधीले आज गृहमन्त्री राजनाथ सिंह र भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ ।
निधिले बिदेशमन्त्री स्वराजसँग अपरान्ह भेटावार्त गर्नुभएको थियो भने त्यसअघि गृहमन्त्री सिंहसँग भेट गर्नुभएको थियो । सिंहले निधीसँगको भेटका लागी लन्च वैठकको आयोजना गर्नुभएको थियो ।
यस्तै उपप्रधानमन्त्री निधीले आजै विहान दैवी प्रकोप सम्वन्धी नेश्नल डिजास्टर मेनेजमेन्ट अथोरिटीले आयोजना गरेको कार्यक्रममा सहभागीता जनाउनु भएको थियो ।
कार्यक्रममा भारतले प्राकृतिक विपत्त तथा दैवी प्रकोप न्यूनीकरणका लागि गरेका पूर्व तयारीको बारेमा छलफल भएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको बिशषे दुतका रुपमा भारत भ्रमणमा निस्कनुभएका निधीले आजै साँझ ६ वजे भारतीय राष्टपति प्रवण मुखर्जीलाई भेटघाट गर्ने कार्यक्रम छ ।
भारतीय प्रधामन्त्री नरेन्द्र मोदीसँग भने भोली मात्रै भेटवार्ता गर्ने समय तय गरिएको छ ।
निधीले दाहालको भारत भ्रमणको मिती तय गर्नुका साथै अन्य द्धिपक्षीय भेटघाटको मिती तय गर्नुहुनेछ । नयाँ सरकारको प्राथमिकता विकासका परियोजनाहरु रहनुका साथै भारतसंग राम्रो सम्वन्ध कायम गर्न तयार रहेको दाहालको सन्देश लिएर निधि जानुभएको हो ।