काठमान्डौ भदौ ३।
उपप्रधान मन्त्री तथा गृहमन्त्री विमलेन्द्र नीधिले आज भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता गर्दै हुनु हुन्छ ।
उपप्र्रधान नीधिले आज सााझ ६ बजे राष्ट्रपति प्रणव मुखर्जीसँग राष्ट्रपति भवनमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको नेपाली दूतावासले जनाएको छ ।
भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणा हस्तान्तरण सहित दुई देशको सम्बन्धबारे छलफल हुनेछ । संविधान जारी भएको दिन ३ असोजमा आयोजना गरिने विशेष कार्यक्रमको प्रमुख अतिथिका रूपमा मुखर्जीलाई निमन्त्रणा गर्न लागिएको स्रोतले बताएको छ ।
उपप्रधानमन्त्री निधिले आजै समकक्षी राजनाथ सिंह र विदेशमन्त्री सुष्मा स्वराजसँग पनि छुट्टा छुट्ट भेटवार्ता गर्दै हुनुहुन्छ । नीधिले समकक्षी सिहसँग मध्यान्ह १२ बजे र विदेशमन्त्री स्वराजसँग अपरान्ह पौने ३ बजे छुट्टा छुटै भेटवार्ता गर्ने बताइएको छ ।
भेटमा नीधिले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री दाहालले आफना समकक्षीलाई पठाएको नेपाल भ्रमणको निम्तो विदेशमन्त्री स्वराजलाई हस्तान्तरण गर्नु हुनेछ ।
उपप्रधानमन्त्री निधिले गृहमन्त्री सिंहसँगको भेटमा नेपाल–भारत सुरक्षा मामिलाका विषयमा छलफल हुने बताइएको छ । नीधिले उच्चस्तरीय भेटघाट गर्नु अघि विहान ११ बजे भारतीय राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रका अधिकारीहरुसँग भेटघाट गर्दै हुनुहुन्छ ।
नीधीले अधिकारीहरुसँगको भेटमा विपद् व्यवस्थापनमा भारतले गरेको काम कारबाहीको निरीक्षण तथा अवलोकन गर्नु हुनेछ । नीधिले भारतीय कांग्रेस आइका उच्च नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
उपप्रधान मन्त्री नीधि हिजो प्रधानमन्त्री दाहालको विशेष दूतका रूपमा भारत जानु भएको हो ।