मधेस आन्दोलनमा मारिएका ५२ जना सहिद घोषणा

मधेस आन्दोलनमा मारिएका ५२ जना सहिद घोषणा

प्रति परिवारलाई १० लाख दिने

  • बिहिबार, भदौ २, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं ,२ भदौ ।
सरकारले मधेस आन्दोलनका क्रममा मृत्यु भएका ५२ जनालाई सहिद घोषणा गरेको छ ।

आजको मन्त्रिपरिषद बैठकले मधेश आन्दोलनका क्रममा मारिएका प्रदर्शनकारी, सुरक्षाकर्मी तथा सर्वसाधारणलाई शहिद घोषणा गर्दै जनही १० लाख रुपैयाँ दिने निर्णय गरेको हो । आन्दोलनका क्रममा ११ सुरक्षाकर्मी सहित ५२ जनाको मृत्यु भएको थियो ।

साथै आन्दोलनका क्रममा भएका घटना छानविन गर्न पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा आयोग गठन समेत गरेको छ । आयोगमा रहने सदस्यको नामावली भने प्रधानमन्त्रीको समन्वयमा गृह मन्त्रालयले तय गर्ने बताइएको छ ।

यसअघि आन्दोलनकारी दलले शहिद घोषणाका लागि भन्दै ६८ जनाको सूची प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका थिए । ति मध्ये छानविन गरी ५२ जनालाई मात्र शहिद घोषणा गरिएको हो ।

मन्त्रिपरिषद बैठकले अफगानिस्तानको काबुल घटनाका घाईतेको उपचारका क्रममा लागेको ९१ लाख ६ हजार रुपैयाँ सरकारले बेहोर्ने निर्णय गरेको छ ।

बैठकले स्थानीय निकायको निर्वाचन सम्बन्धि विधेयकमा सैद्धान्तिक सहमति जनाएको छ ।

यस्तै योजना आयोगका सहसचिव गोपीनाथ मैनालीलाई सचिवमा बढुवा गरिएको छ भने प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा माओवादी केन्द्रका पोलिटव्यरो सदस्य रामदिप आचार्यलाई नियुक्त गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ