काठमाडौं, भदौ २ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधी आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ ।
उपप्रधान मन्त्री निधी तीन दिने औपचारिक भ्रमणका लागि आज भारत जान लाग्नु भएको हो । निधी आज अपरान्ह ५ बजे जेटिए एयरबाट भारत प्रस्तान गर्नु हुनेछ ।
पछिल्लो समय विग्रेको नेपाल भारत सम्बन्धलाई थप मजबुत पार्न, भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणको एजेन्डा तय गर्न उहाँलाई सरकारले विशेष दूतका रुपमो भारत पठाउन लागेको हो ।
निधीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च राजनीतिक नेतृत्व र सरकारी अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
मन्त्री निधीले भारतीय विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँग पनि भेटघाट गर्नुहुनेछ । त्यसैगरी नेपालका राष्ट्रपतिको भारतको भ्रमणको विषयमा पनि यस पटक छलफल हुने छ ।
उता, अर्का उपप्रधान एवं अर्थमन्त्री कृणबहादुर महराले पनि चिन भ्रमणमा हुनुहुन्छ ।