चुनाव गराउन सरकारलाई दबाव दिने एमालेको निर्णय

चुनाव गराउन सरकारलाई दबाव दिने एमालेको निर्णय

  • बुधबार, भदौ १, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ, १ भदौ ।

नेकपा एमालेले आगामी मंसिर महिनामै स्थानीय तहको चुनाव गराउन सरकारलाई दबाव दिने निर्णय गरेको छ ।

एमाले स्थायी कमिटीको बैठकले सरकारलाई दबाव दिन पूरै पार्टी पंक्ति परिचालन गर्ने निर्णय गरेको हो । आज बसेको स्थायी कमिटी बैठकले एमाले सरकारको योजना कार्यान्वयन गर्न दबाव दिने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

भट्टराईका अनुसार दबाव अभियान अन्तर्गत देशव्यापी कार्यकर्ता परिचालन गरिने छ । एमाले अध्यक्ष केपी शर्माओली नेतृत्वको अघिल्लो सरकारले आगामी मंसिरमा स्थानीय निकायको, वैशाखमा प्रादेशिक र अर्को मंसिरमा केन्द्रीय चुनाव गराउने निर्णय गरेको थियो । तर, कांग्रेस(माओवादी गठवन्धनको नयाँ सरकारले चैतमामात्रै स्थानीय चुनाव गराउने तयारी गरेको छ ।

मंसिरमा चुनाव नगर्ने सरकारको तयारीलाई एमालेले संविधान कार्यान्वयन नगर्ने षडयन्त्र भन्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ