काठमाण्डौ ,१ भदौ ।
बिभिन्न राजनितिक दल आबद्ध सांसदहरुले सवारी साधन सन्चालनका लागी लगाईएको सिण्डिकेट प्रणालीको अन्त्य गर्न माग गरेका छन् ।
व्यावस्थापिका संसदको आज बसेको बैठकमा बोल्दै सांसदहरुले अधिकांश सवारी दुर्घटना सिण्डिगेट प्रणालीकै कारण हुने गरेको भन्दै त्यसको अन्त्यको माग गरेका हुन् ।
आजको बैठकमा बोल्दै सांसद शिवचन्द्र चौधरीले सिण्डिगेट प्रणालीकै कारण मुलुकमा सवारी दुर्घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।
सांसद तिर्थबहादुर लामाले सडकको दूरावस्था, सवारी साधनको क्षमता भन्दा बढि सामाग्री तथा यात्रु बोक्ने, सवारी साधनको खराब अवस्था र चालकदलका सदस्यहरुको लापरबाहीले गर्दा नै दुर्घटना बढेको बताउनु भयो ।
विदुर प्रसाद सापकोटाले काभ्रमा भएको बस दुर्घटनाका सबै विरामीलाई सरकारले निःशुल्क उपचार र मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभयो ।
यस्तै सांसदहरु कमला दोङ्ग, प्रेम सुवाल र दुर्गा पौडेलले सवारी ऐनमा परिवर्तन गरि कडा बढाउन सरकारलाई सुझाव दिनुभएको थिायो ।
बैठकमा बोल्ने अन्य सांसदहरुले भने मुलुकका विभिन्न भागमा आएको बाढि, पहिरो तथा समसामयिक विषयमा सदन तथा सरकारलाई ध्यानाकर्षण गराएका थिए ।
आजको बैठकले व्यवस्थापिका संसद नियमावली, २०७३ नियम १७७ बमोजिम सांसद अग्नी खरेललाई विधायन समितिमा, सांसद सोप प्रसाद पाण्डेलाई उद्योग वाणिज्य समितिमा र सांसद शेरधनलाई नै सुशासन तथा अनुगमन समितिमा सदस्यहरु थप गरेको छ ।
त्यस्तै बैठकमा महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिको वार्षिक प्रतिवेदन, २०७३ समिति सभापति रञ्जुकुमारी झाले प्रस्तुत गर्नुभएको छ ।
त्यसैगरी विधायन समितिकी सभापति गंगा चौधरी(सत्गौवा)ले “सर्वोच्च अदालत(पहिलो संशोधन) विधेयक सम्बन्धि समितिको प्रतिवेदन” पेश गर्नुभएको छ ।
संसदको अर्को बैठक आगामी भाद्र ५ गते बिहान ११ बजे बस्ने छ ।