विराटनगर, १ भदौ ।
नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले जनताको अधिकार प्राप्तीका लागी फेरि युद्धमा फर्कने चेतावनी दिनुभएको छ ।
विराटनगर विमानस्थलमा आज संचारकर्मीसँगको कुराकानीमा वैद्यले देश र जनताको पक्षमा काम गर्ने सरकार निर्माणका लागि दवाव सृजना गर्ने त्यस्तो नभए पुनः युद्धमा जाने चेतावनी दिनुभएको हो ।
।
उहाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार विदेशी शक्तिको चलखेलका आधारमा भएको आरोप समेत लगाउनु भयो ।
उहाले भन्नुभयो , विदेशी शक्तिको चलखेलका आधारमा बनेको सरकारले राष्ट्र र जनताको पक्षमा काम गर्न सक्दैन अहिलेको गठवन्धन सरकारको अवस्था पनि त्यहि हो ।
विदेशी शक्तिको इसारामा अहिलेको सरकार वनेकाले यसबाट गुणात्मक कामको अपेक्षा गर्न नसकिने उहाको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline