काठमाडौ १ भदौ ।
पृथ्वी राजमार्ग अन्तर्गत चितवनको फिस्लिङमा दुई वटा यात्रुबाहक बस आपसमा ठोक्किएर भएको सवारी दुर्घटनामा ती जनाको मृत्यु भएको छ ।
भैरहवाबाट काठमाडौंका लागि छुटेको लु १ ख ९३६१ नम्बरको बस र काठमाडौंबाट धरानका लागि छुटेको ना ४ ख ४५१६ नम्बरको बस गएराति फिस्लिङमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अन्य १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृतकको सनाखत हुन बाँकी रहेको छ । मृत्यु हुनेमा अन्दाजी २२ वर्षीय एक महिला, अन्दाजी ३० वर्षीय पुरुष र अन्दाजी तीन वर्षीय बालक रहेका छन् ।
बालकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो भने अन्य दुई जनाको घटनास्थलमै मृतयु भएको चितवन प्रहरीले जनाएको छ । घाइतेहरुको काठमाडौं र भरतपुरमा उपचार भइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline