काठमाडौ १ भदौ ।
चीन भ्रमणमा रहनु भएका उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आज चिनियाँ प्रधानमन्त्री ली खछ्याङसँग भेटवार्ता गर्दै हुनुहुन्छ ।
स्थानीय समय अनुसार बिहान साढे १० बजे महराले चिनियाँ प्रधानमन्त्रीसँग भट गर्नुहुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । नेपालको पछिल्लो राजनितिक अवस्था, दुई देशबीचको सम्बन्ध सुधार लगायतका विषयमा छलफल हुने बताइएको छ ।
सरकारको विषेश दुतका रुपमा गत आइतबार चीन जानु भएका उपप्रधानमन्त्री महराले हिजो चिनियाँ विदेशमन्त्री याङ यीसँग भेटवार्ता गर्नुभएको थियो ।
महराले विदेशमन्त्री वाङ मार्फत राष्ट्रपति विद्या भण्डारीका तर्फबाट चिनियाँ राष्ट्रपति सी जिनपिङलाई नेपाल भ्रमणको निमन्त्रणापत्र दिनु भएको थियो । सो अवसरमा दुई नेताबीच आपसी हित, द्विपक्षीय सहयोगका विषमा छलफल भएको बताइएको छ ।
तीन साताअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा सरकार गठन भएपछि नेपालका तर्फबाट उत्तरी छिमेकी चीनमा भएको यो पहिलो