उपप्रधानमन्त्री महराद्धारा चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

उपप्रधानमन्त्री महराद्धारा चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

  • मङ्लबार, साउन ३२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं ,३२ साउन ।
चीन भ्रमणमा रहनुभएका उपप्रधान एवं अर्थमन्त्री कृष्णवहादुर महराले चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि खछ्याङलाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा दिनुभएको छ ।

बेइजिङस्थित चिनियाँ विदेश मन्त्रालयमा आज बिहान चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ताका क्रममा उपप्रधानमन्त्री महराले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री दाहालको तर्फबाट चीनका राष्ट्रपति र प्रधानमन्त्रीलाई परराष्ट्रमन्त्री वाङमार्फत नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा दिनुभएको हो ।

सो क्रममा मन्त्री महराले चिनियाँ पक्षलाई नेपालमा भएको सरकार परिवर्तनको औचित्यबारे बताउँदै पुरानो सरकारलाई जस्तै विश्वास र सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री दाहालको विशेष दुुतका रुपमा चीन पुग्नुभएका महरालाई स्वागत गर्दै चिनियाँ विदेशमन्त्री यीले नेपालमा नयाँ संविधान कार्यान्वयन र स्थिरता हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले क्षेत्रीय शान्ति र स्थिरताका लागि चीनले लिएको अडानमा नेपालले समर्थन गरेकोमा धन्यवाद दिंदै दुईपक्षीय तथा बहुपक्षीय सम्बन्धमा नेपालको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
महराको स्वागतमा चिनियाँ विदेश मन्त्रालयमा दिवाभोजको समेत आयोजना गरिएको त्यहाँस्थित नेपाली दुतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

परराष्ट्रमन्त्री वाङसँगको भेटपछि आजै अपरान्ह नेपाल चीनसम्बन्धमा कार्यरत चिनियाँ बुद्धिजीवीहरुसँग पनि मन्त्री महराले छलफल गर्नुभएको छ ।

नेपाली दूतावासले आज साँझ आयोजना गरेको रात्रिभोजमा बेइजिङमा रहेका नेपाली र नेपालप्रति चासो राख्ने चिनियाँ अधिकारीहरुसंग भेटवार्ता हुने भ्रमण टोलीमा सहभागी एक सदस्यले बताएका छन् ।

महराको चीन बसाईका क्रममा त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीमध्ये एक उच्च तहका नेतासँग भेटवार्ताको तयारी भईरहेको नेपालका लागि चिनियाँ राजदुत ऊ छुन्ताईले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ