भारत र चीनका लागि निम्तोको होडबाजी : खड्का

भारत र चीनका लागि निम्तोको होडबाजी : खड्का

  • मङ्लबार, साउन ३२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

भक्तपुर, ३२ साउन ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व सहरी बिकास मन्त्री डा. नारायण खड्काले भारत र चीनका लागि दुई उपप्रधानमन्त्री निम्तोको लागि जानु होडबाजी जस्तो भएको बताउनु भएको छ ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै उहाँले भारतका राष्ट्रपतिलाई निम्तो दिन काँग्रेसका उपप्रधानमन्त्री र चीनका राष्ट्रपतिलाई निम्तो दिन माओवादीका उपप्रधानमन्त्री जानु होडबाजी भएको भन्दै सरकारले परराष्ट्रमन्त्री नियुक्ति गरी कुटनीतिक तवरले निमन्त्रणा गरेको भए उपयक्त हुने बताउनु भयो । यसरी दुई राजनीतिक दलका प्रतिनिधि र उपप्रधानमन्त्री निम्तोको लागि एकै समयमा जानुले सकारात्मक सन्देश नजाने समेत उहाँले बताउनु भयो ।

कांग्रेसको भातृसंगठनको निर्वाचनको कारण मन्त्रीमण्डल विस्तार ढिलाई भएको भन्दै उहाँले लामो समयसम्म उक्त संगठनको निर्वाचन नभएकाले बिभिन्न खालका समस्या रहेको र त्यसलाई मिलाउन समेत नेतृत्वको आवश्यकता भएकाले नेतृत्वको समय निर्वाचनमा केन्द्रित भएकाले मन्त्रीमण्डलले पूर्णता पाउन नसकेको भन्दै उहाँले बिहीबार भित्र मन्त्रीमण्डलले पूर्णता पाउने ठोकुवा गर्नुभयो ।

काँग्रेस पार्टीमा लामो समयदेखि भागबण्डाको राजनीति चलिरहेको सबैका सामू स्पष्ट भएको भन्दै वर्तमान समयमा पनि रामचन्द्र पौडेललाई सहयोग गर्नेहरुलाई समेत समेटर जानु पर्ने भएकाले प्रतिशतको कित्ता देखा परेको उहाँको भनाइ छ । यसरी सबैलाई मिलाएर जानु पर्ने भएकाले समेत नेतृत्वमा समस्या देखिएको र छिट्टै सबै बिषयलाई मिलाउन नेतृत्व लागि परेकाले समस्या समाधान हुने भन्दै उहाँले नेपाली काँग्रेसभित्र प्रजातन्त्रको सौन्दर्यता देखिएको बताउनु भयो ।

वर्तमान समयमा संबिधान कार्यान्वयन सबैको आवश्यकता भएको र एमालेलाई समेत समेटेर अघि बढ्दा देशले छिटो निकास पाउने भन्दै उहाँले यदि एमाले प्रतिपक्षमा बसेता पनि संबिधान कार्यान्वयनको पाटोमा एमालेले सहज भुमिका खेल्ने बिश्वास ब्यक्त गर्नु भयो ।

उहाँले ०६२÷६३ को आन्दोलनपछि निर्माण भएका धेरै सरकारको नेतृत्वसमेत एमालेले गरिसकेको र वर्तमान समयमा प्रतिपक्षमा बस्दा कुनै समस्या नहुने र संबिधान कार्यान्वयनमा कुनै असर पार्ने भूमिका एमालेले नखेल्ने भन्दै उहाँले प्रतिपक्षमा बसेको पार्टीले जतिखेर पनि प्रधानमन्त्री बन्न सक्ने बताउनु भयो ।

मधेशका जायज मागको सम्बोधन गर्न नसके यसले भोलीका दिनमा समेत मधेशको नेतृत्व बिलिन भएता पनि समस्या झनै बढाउने भन्दै जायज मागहरुको सम्बोधन गरेर समस्या समाधान गर्नु पर्नेमा जोड दिनु भयो । यदि मधेशको माग सम्बोधन नगरि निर्वाचनतर्फ अग्रसर भए त्यो बिफल हुने र बिकाशको गतिलाई बिनासतर्फ धकेल्ने उहाँको भनाई छ ।

भुकम्पपिडितका सवालमा काँग्रेस बिगत देखिनै लागि परेको भन्दै उहाँले नयाँ सरकारको गठनसँगै कांग्रेसका सभापतिले पिडितलाई जतिसक्दो छिटो राहत उपलब्ध गराउने दबाब दिइरहेको र यसैको परिणाम पहिलो किस्ताबापत रकम समेत बितरण भइरहेको उहाँले बतउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ