काठमाडौ ३२ साउन ।
सन्चारमन्त्री सुरेन्द्र कुमार कार्कीले सन्चार माध्यमलाई उद्योगका रुपमा स्थापित गरे न्युनतम पारिश्रमिक लागु गर्न सहज हुने बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघले आज आफ्नै कार्यलयमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उहाँले अघिल्लो सरकारले घोषणा गरेको १९ हजार ५ सय न्युनतम पारिश्रमिक कार्यन्वयन हुनेमा ढुक्क हुने अवस्था नरहेको बताउनु भयो ।
न्यनुतम पारिश्रमिक कार्यन्वयनका लागि सन्चार माध्यमलाई थप परिस्किृत गर्नुपर्नेमा मन्त्री कार्कीको जोड थियो । यस्तै उहाँले राजनितिक दलसँग सम्बन्धीत समाचार सम्प्रेषन गर्दा तिललाई पहाड बनाउने गरेको टिप्पणी गर्नुभयो ।
समाचार सम्पे्रषणका क्रममा सन्चारकर्मीले झिँगालाई मेसिन गन हान्ने काम गरेको भन्दै मन्त्री कार्कीले अब त्यस्तो प्रवृत्ति अन्त्य हुनुपर्ने धारणा राख्नुभयो ।
हरेक दिन आउने नकारात्मक समाचारले सर्वसाधारणको सोचमा पनि नकारात्मक असर पर्ने भएकाले विकासोन्मुख समाचारलाई बढी प्राथमिकतामा राख्न उहाँले सुझाव दिनुभयो ।